मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

कुमारी बैंक र वात्सल्य नेचुरल आईभिएफ बीच सम्झौता

मंगलबार, माघ ८ २०८१

काठमाडौं । कुमारी बैंक लिमिटेड र नक्शाल, काठमाण्डौस्थित वात्सल्य नेचुरल आईभिएफ प्रा.लि. बीच कुमारी बैंकका ग्राहकहरुलाई वात्सलय नेचुरल आईभिएफको देशभरि रहेका शाखाहरुबाट विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरूलाई वात्सल्य आईभिएफ प्याकेजमा १० हजार रूपैयाँको छुट प्रदान गरिनेछ साथै उपचारको क्रममा आवश्यक पर्ने सबै प्याथोलोजी परीक्षणहरूमा १० प्रतिशत र औषधि खरिदमा पाँच प्रतिशतसम्म छुट प्रदान गरिनेछ। वात्सल्य नेचुरलले बाँझोपन परिक्षण, बाँझोपन उपचार, प्रजनन क्षमता संरक्षण, दाता उपचार तथा गर्भ परीक्षण लगायतका सेवाहरु प्रदान गर्दै अएको छ।

कुमारी बैंकको देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु संचालनमा रहेका छन् । बैंकले आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ।