काठमाडौं । उदयपुरको चौदण्डीगढी नगरपालिका–३ बदेलपानी बस्ने २८ वर्षीया सम्झना राईलाई अवैध लागूऔषध गाँजा करिब ५ किलो ९ सय ९० ग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो।
झापाको झापा गाउँपालिका–१ लसुनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय मिलिग्राम सहित पाँचथर फिदिम नगरपालिका–४ बस्ने १९ वर्षीया रिदिमा बर्देवा समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमारखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी झापाको झापा गाउँपालिका–५ पन्थपडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम १५ मिलिग्राम सहित अर्जुनधारा नगरपालिका–५ बस्ने ३० वर्षीय प्रबिण गिरी र कन्काई नगरपालिका–८ बस्ने २५ वर्षीय सुमन राजबंशीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमारखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१–०१–०१६ प ९००९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।