काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ रित्तो गाग्री बोकेर सिंहदरबार प्रवेश गर्न लाग्दा प्रहरीले उक्त गाग्री नियन्त्रणमा लिएको छ। साम्पाङ धरानवासीको पानीको समस्या समाधान गर्न माग गर्दै खानेपानीमन्त्रीलाई भेट्न रित्तो गाग्रीसहित सिंहदरबार पुगेका थिए ।
धरानको खानेपानी समस्या समाधान नगरेको भन्दै रित्तो गाग्रीसहित साम्पाङ सोमबार काठमाडौँ आएका थिए।