काठमाडौँ । सिंहदरबारमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको रित्तो गाग्रीले त्रास बढाएको छ । साम्पाङले रित्तो गाग्रीसहित सिंहदरबार प्रवेश गर्ने बताएपछि सिंहदरबारको पूर्वी र दक्षिणी गेटमा त्रास बढाएको हो।
यसैबिच प्रहरीले समेत सुरक्षा व्यवस्था कडा बनाएको छ । सिंहदरबारको पूर्वी र दक्षिणी गेटमा बाक्लो रुपमा प्रहरी परीचालन गरिएको ।
प्रहरीका अनुसार रित्तो गाग्री वा अन्य कुनै विरोधका सामग्रीसहित प्रवेश गर्न नदिने तर सामान्य रूपमा उनलाई सिंहदरबार प्रवेशमा रोक नलगाइएको जनाएको छ।
धरानको खानेपानी समस्या समाधान नगरेको भन्दै रित्तो गाग्रीसहित साम्पाङ सोमबार काठमाडौँ आएका थिए।
