बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नबिल बैंकले छ महिनामा कमायो तीन अर्ब २४ करोड रुपैंयाँ खुद मुनाफा

सोमबार, माघ ७ २०८१

काठमाडौं । नबिल बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा तीन अर्ब २४ करोड ४२ लाख ७७ हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा एक दशमलव २९ प्रतिशतले मात्र बढी हो । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा तीन अर्ब २० करोड ३० लाख ७९ हजार रुपैंयाँ रहेको थियो।

हाल चुक्ता पुँजी २७ अर्ब पाँच करोड ६९ लाख ९७ हजार रुपैंयाँ रहेको बैंकले चालु आवको दोस्रो त्रैमासमा चार खर्ब ८० अर्ब २४ करोड सात लाख १५ हजार रुपैंयाँ निक्षेप संकलन गरी तीन खर्ब ९१ अर्ब ६१ करोड ७१ लाख ६६ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा सात अर्ब ८९ करोड ५९ लाख ४९ हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव ७० प्रतिशत कर्जा निष्क्रिय रहेको छ।

गत आवको सोही अवधिमा भने बैंकले चार खर्ब ६२ अर्ब नौं करोड ७४ लाख १९ हजार रुपैंयाँ निक्षेप संकलन गरी तीन खर्ब ७३ अर्ब ५७ करोड ४१ लाख ५७ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा आठ अर्ब २४ करोड ३३ लाख ४४ हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव २० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो।