शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

एक बर्षमा शान्ति सुरक्षा कायम गर्न सरकार सफलः गृहमन्त्री थापा

आइतबार, चैत्र २४ २०७५

पोखरा चैत, २४–
गृहमन्त्री रामबहादुर थापा बादलले शान्ति सुरक्षा कायम गर्न सफल भएको बताएका छन् । आइतबार पोखरामा क्षेत्रीय सुरक्षा बैठकमा बोल्दै गृहमन्त्री थापाले  सरकार गठनको एक वर्षलाई समीक्षा गर्दा सरकार शान्ति सुरक्षा कायम गर्न सफल भएको बताएका हुन् ।  उनले मुख्य समस्याको रुपमा रहेका पृथकतावादीलाई मूलधारमा ल्याउन सफल भएको  जिकिर गरे । उनले भने,  ‘पृथकतावादीहरुलाई मूलधारको राजनीतिमा ल्याउन सफल भएका छौं, राष्ट्रिय अखण्डता र देशको विकासमा समाहित गर्ने उनीहरुले सहमति गरेका छन् ।’ संविधानविरोधी समूह अझै समस्या रहेकाले उनीहरुलाई पनि सहमतिमा ल्याउन सरकार लागिरहेको थापाले बताए । ‘विप्लव भन्ने समूहहरु शान्ति सुरक्षाको निम्ति बाधक भएकाले उनीहरुलाई पनि मूल प्रवाहमा ल्याउने प्रयत्न सरकारले गरिरहेको छ,’ थापाले भने, ‘आशा छ उनीहरु पनि सहमतिमा आउँछन् ।’
 विप्लव समूहको असंवैधानिक गतिविधिमाथि सरकारले प्रतिवन्ध लगाएको उनको भनाइ छ । ‘संविधान र कानुनले नै त्यस्ता गतिविधिमाथि प्रतिवन्ध लगाएको हो,’ उनले भने, ‘उनीहरु पनि सहमतिमा आउँछन् ।’ अपराध नियन्त्रण गर्न पनि सरकार सफल भएको थापाको दाबी छ ।