बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ग्लोबल आइएमई बैंकद्वारा विनाशकारी हावाहुरीबाट प्रभावितलाई राहत वितरण

शुक्रबार, चैत्र २२ २०७५

काठमाडौं चैत, २२–
ग्लोबल आइएमई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व यही चैत १७ गते राती बारा र पर्सा जिल्लामा अकस्मात आएकोे विनाशकारी हावाहुरी र असिना पानीबाट प्रभावित जनसमुदायलाई सहयोगार्थ राहत सामाग्री वितरण गरेको छ । बैंकले बारा जिल्लाका विपतबाट पीडित ५० घरपरिवारलाई भाँडाकुँडा, थाल–कचौरा, झुल, लगायतका सामाग्री वितरण गरेको हो । हावाहुरी र असिना पानीबाट घरबार बिहीन भएकाहरुको जीबनयापन सहजहोस भन्ने उद्धेश्यले बैंकले उक्त बिभिन्न सामाग्रीहरु उपलब्ध गराएकोे हो ।
बैंकले स्थापनाकाल देखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा मुलुकमा आईपर्ने प्राकृतिक विपत्तिहरु; बाढी, पहिरो, भुकम्प लगायतका विपतको समयमा सहयोग गर्दै आएको छ भने जनचेतनामूलक कार्यक्रमहरुका साथै सामाजिक कार्यहरुमा पनि सदैव सक्रिय रहँदै आएको छ ।