काठमाडौं चैत, २२–
नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल चैत २६ देखि २८ गतेसम्म फ्रान्समा सञ्चालन हुने इन्टरपोलको १५औं सम्मेलनमा सहभागी हुन बिहीबार फ्रान्सको लियोन प्रस्थान गरेका छन्।
आजै उनलाई नेपाल प्रहरिका वरिष्ठ अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामनासहित बिदाइ गरेका थिए ।महानिरीक्षक खनाल इन्टरपोलको नेशनल सेन्ट्रल ब्युरो (एनसिबी) नेपालका प्रमुख समेत रहेका छन् ।
इन्टरपोल महासचिवालयको आयोजनामा प्रत्येक वर्ष सञ्चालन हुने सम्मेलनमा सधै झै यस वर्शा पनि इन्टरपोलका सम्पूर्ण १ सय ९४ सदस्य राष्ट्रका प्रतिनिधिहरु सहभागी हुने कार्यक्रम रहेको छ।
सम्मेलनमा एसिया तथा दक्षिण प्यासिफिक क्षेत्रीय गोलमेच छलफलसमेत हुने कार्यक्रम रहेको छ तेस्तै प्राविधिक क्षेत्रमा भएको परिवर्तन, आतंकवाद र आतंककारी क्रियाकलाप, साइबर अपराध, डार्क–नेट, क्रिप्टो करेन्सिज, डिएनए, फिङ्गरप्रिन्ट डाटावेश तथा फेसियल रिकगनिसन लगायतका विषयमा समेत सम्मेलनमा विशेष छलफल हुने कार्यक्रम रहेको छ ।