काठमाडौं । बुद्ध एयरको काठमाडौंबाट भद्रपुर उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं डाइभर्ट गरी अवतरण गरिएको छ।
उडान नम्बर ९५३, कल साइन ९एन(एजेएस)को दायाँ इञ्जिनमा समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराइएको बुद्ध एयरले जनाएको छ।
प्राविधिक समस्या समाधानका लागि टेक्निकल टिमले जहाजको चेकजाँच गरिरहेको र समस्या देखिएको जहाजका यात्रुलाई भद्रपुर पठाउन अर्को जहाजको तयारी भइरहेको बुद्ध एयरले बुद्ध एयरले जनाएको छ।