मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

माओवादी केन्द्रिय कमिटी बैठक सुरु : पूर्वउपराष्ट्रपति पुन उपाध्यक्ष सरह ठाउँ

आइतबार, पुष २१ २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक सुरु भएको छ ।

धुम्बाराहीमा आइतबार दिउँसो सुरू केन्द्रीय कमिटी बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) पनि सहभागी छन् ।

पुन यसअघि पनि पार्टी बैठकमा सहभागी भएका थिए । पुनः राजनीतिमा फर्कन लागेका पुनलाई माओवादी केन्द्रीय कमिटीबाट उपाध्यक्ष मनोनीत गर्ने तयारी छ। उपाध्यक्ष बन्नुअघि नै पूर्वउपराष्ट्रपति पुनलाई उपाध्यक्षहरू सरह ठाउँ दिइएको छ।

केन्द्रीय समिति बैठकमा सहभागी पुन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै लहरमा छन्।

पुनलाई माओवादीमा भूमिका दिने पक्षमा अध्यक्ष ‘प्रचण्ड’ र पदाधिकारीबीच सहमति भइसकेको छ ।