बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पूर्वराष्ट्रपति भण्डारीको उपस्थितिमा ‘आमा, सपना र ताराहरु’ लोकार्पण

शुक्रबार, पुष १९ २०८१

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलकृत संस्मरण संग्रह ‘आमा, सपना र ताराहरु’ लोकार्पण भएको छ ।

शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको एक कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, उपमहासचिव प्रदीप ज्ञवाली, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालगायतले पुस्तक लोकार्पण गरेका हुन्।

नेता पोखरेलका संस्मरणहरुलाई सांग्रिला प्रकाशनले संग्रहका रुपमा बजारमा ल्याएको हो।