काठमाडौं चैत, १९–
एभरेष्ट बैंक लिमिटेडले नयाँ वर्ष बिक्रम सम्बत् २०७६ सालको क्यालेन्डर बिमोचन गरेको छ । क्यालेन्डर बिमोचनको कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिंहदरबारमा भएको थियो । बैंकले आफ्ना ग्राहकहरुलाई २५ औं वर्षसम्मको निरन्तर सेवा पू¥याएको परिप्रेक्षमा नेपाल सरकारको ‘भिजिट नेपाल २०२०’ भन्ने मुल नारालाई आत्मसाथ गर्दे अतिथि देवो भवः भन्ने भावका साथ नयाँ वर्ष २०७६ को क्यालेन्डर ग्राहकहरु समक्ष ल्याएको हो । बैंकले ल्याएको क्यालेन्डरमा नेपालभित्रका ३६ वटा विभिन्न पयर्टकीय गन्तव्यहरुलाई समावेश गरिएको छ । क्यालेन्डरमार्पmत नेपाललाई आन्तरिक एवं अन्तर्राष्ट्रिय पर्यटकको एउटा प्रमूख गन्तव्यको रुपमा चिनाउने बैंकको उद्देश्य रहेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहन कृष्ण सापकोटा तथा बैंकका प्रमूख कार्यकारी अधिकृत सोमेश्वर सेठद्वारा बैंकका अन्य उच्च अधिकृहरुको उपस्थितिमा संयूक्त रुपमा उक्त क्यालेनडरको बिमोचन भएको थियो । बैंकको सन्तुष्ट ग्राहकहरुको संख्या १० लाख भन्दा बढि रहेको छ जुन बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा उच्च हो । साथै, हालै क्यामेलस् रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ । बैंकले हाल आफ्ना ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र एक सय १६ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दे आइरहेको छ ।