मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

सशस्त्र प्रहरीमा हजार बढीलाई जागिरको अवसर

शुक्रबार, पुष १९ २०८१

काठमाडौं । सशस्त्र प्रहरीमा एक हजार भन्दा धेरै जनाका लागि भर्ना खुलेको छ । सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) देखि चर्मकर्मीसम्मका लागि भर्ना खुलेको हो ।

सशस्त्र प्रहरी निरीक्षकमा ६८ जना, सशस्त्र प्रहरी सहायक निरीक्षकमा ८३ जना र सशस्त्र प्रहरी जवानमा ९४१ जनाका लागि भर्ना खुलेको छ ।
भान्छे २० जना, कूचिकार १९ जना, सूचिकार १० जना, केशकर्तक २४ जना र चर्मकर्मी १४ जनाका लागि भर्ना खुलेको छ ।

दरखास्त दिने म्याद पुस २४ गतेदेखि माघ २४ गतेसम्म छ ।