मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

सरकारले ६ महिनामा महत्वपूर्ण उपलब्धि हाँसिल गरेको तर पर्याप्त नरहेको एमालेको निष्कर्ष

बिहिबार, पुष १८ २०८१

काठमाडौं । नेकपा एमालेले सरकारले ६ महिनामा महत्वपूर्ण उपलब्धि हाँसिल गरेको तर पर्याप्त नरहेको निष्कर्ष निकालेको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालयमा बसेको सचिवालय बैठकका निर्णय सुनाउँदै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले ६ महिनामा महत्वपूर्ण उपलब्धि हाँसिल गरेको तर पर्याप्त नरहेको निष्कर्ष पार्टीको रहेको बताए।

उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको राजनीतिक प्रतिवेदन केन्द्रिय कमिटीमा प्रस्तुत गर्ने निर्णय गरेको बताए । नेकपा एमालेको पुस २१ र २२ गते बस्ने केन्द्रिय कमिटी बस्दैछ ।

बैठकले नेता भीम रावलाई पार्टीले गरेको कारबाही सही रहेको पनि निष्कर्ष निकालेको छ।