बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

माओवादि केन्द्रको स्थायी समिति बैठकमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन सहभागी

बिहिबार, पुष १८ २०८१

काठमाडौं । नेकपा माओवादि केन्द्रको स्थायी समिति बैठकमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङ सहभागी भएका छन् ।

सक्रिय राजनीतिमा फर्किन लागेको चर्चाका बीच उनी पेरिसडाँडामा आजदेखि शुरु भएको बैठकमा सामेल भएका हुन् । उनलाई पाटिको उपाध्यक्षको जिम्मेवारी दिएर पाटिमा फर्काउने चर्चा छ ।

त्यस्तै बैठकमा पूर्वसभामुख कृष्णबहादुर महरा पनि सहभागी भएका छन् । माओवादि केन्द्रको उपाध्यक्षसमेत रहेका महरा केही समययता निस्क्रिय रहेका थिए ।

तीन दिनसम्म चल्ने स्थायी कमिटी बैठकले पुस २१ गतेदेखि शुरु हुने केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्नेछ ।