बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

अध्यक्षमा उम्मेदवारी दिएकै भरमा पार्टी सदस्य खारेज गरेको रावलको आरोप

बुधबार, पुष १७ २०८१

काठमाडौं । नेकपा (एमाले) बाट निष्काशित भएका डा.भीम रावलले पहिलो पटक पत्रकार सम्मेलन गरेका छन्।

बुधबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफूले महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएकै भरमा स्पष्टीकरण र आफ्नो पार्टी सदस्यता खारेज गरेको आरोप लगाएका छन् । उनले महादिवेशनको क्रममा आफूनिकट प्रतिनिधिहरूलाई धम्क्याएको, सदस्य पदमा मतदान नगर्नु भनेको पनि बताए ।

रावलले ‘मेरो ४९ वर्षको पार्टी सदस्यता खोस्ने र ५१ वर्षको राजनीतिक जीवन समाप्त गर्न खोज्ने, पार्टीले प्रतिक्रियावादी र देशद्रोही भनिएकाहरू भ्रष्ट, अनैतिक, विचौलिया र दलालहरूसँग साँठगाँठ गरी केपी ओलीले देशमा के सुशासन र समाजवाद ल्याउन खोजेको’ भन्दै प्रश्न समेत गरे ।