काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–५ टुसालस्थित आफ्नै निर्माणाधीन घरमा दोलखा घर भएका ६६ वर्षीय तिलक बहादुर श्रेष्ठ मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
कैलालीको गोदावरी नगरपालिका–२ तेधरी बस्ने ४६ वर्षीय मनोज भट्ट आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । कास्कीको पोखरा महानगरपालिका–१६ देउराली डाँडा बस्ने ६२ वर्षीय गोबिन्द दमै सोही ठाउँस्थित पहिरा वन सामुदायक जंगल नजिकै मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
ललितपुरको ललितपुर महानगरपालिका–४ धोवीघाट बस्ने बर्दिया घर भएकी १८ वर्षीया सिम्रन थारू आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । पर्साको वीरगंज महानगरपालिका–१६ स्थित नेपाल भारत सिमाना मितेरी पुल नजिकै हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।