बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

केन्द्रीय दैविक प्रकोप समितिको बैठक बस्दै, राहत, खोज तथा उद्दारमा थप गर्ने तयारी

सोमबार, चैत्र १८ २०७५

काठमाडौं चैत, १८–
बारा र पर्सामा अएको  हावाहुरीबाट भएको धनजनको क्षति तथा उद्धारका विषयमा छलफल गर्न केन्द्रीय दैविक प्रकोप समितिको बैठक बस्न लागेको छ ।   गृहमन्त्रालय स्रोतले दिएको जानकारी अनुसार आइतबार साँझ आएको हावाहुरीबाट भएको जनधनको क्षतिको छलफल, राहत, खोज तथा उद्दारमा थप गर्नेबारे बैठकमा छलफल हुनेछ । 
गृहमन्त्री रामबहादुर थापाले मातहतका सुरक्षा निकायलाई राहत, उद्दार तथा उपचारमा गम्भीर हुन निर्देशन दिएका छन् । थापाले राहत, खोजी तथा उद्दारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिइरहेका गृहमन्त्रालयको प्रेस सचिवालयले जनाएको छ ।

उनले सबै सुरक्षा निकायलाई समन्वनात्मक रुपमा परिचालित हुन पनि निर्देशन दिएका छन् ।