बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

शसत्र प्रहरीद्धारा अवैध सामान बरामद

मंगलबार, पुष १६ २०८१

काठमाडौं । कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका–११ भुजेला ईलाकाबाट पुस १६ गते करीव २५ लाख रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद भएको छ।

भारतबाट अवैध रुपले ल्याई वेवारिसे अवस्थामा रहेको मोटरपाट्र्स, लत्ताकपडा र जुत्ताचप्पल सशस्त्र प्रहरी बल नेपाल नं. ३५ शैलेश्वरी गण कञ्चनपुरबाट सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्र बहादुर चन्दको कमाण्डमा खटिएको सुरक्षा फौजले बरामद गरेको हो । बरामद सामान आवश्यक कारवाहीको लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाईएको छ।