काठमाडौं । कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका–१० गड्डाचौकी सीमा ईलाकाबाट पुस १३ गते ५ लाख भारतीय रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिईएको छ।
सोही नगपारलिका–६ ऐठपुर बस्ने २८ बर्षिय नवराज जैशीलाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकीले नियन्त्रणमा लिएको छ।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनले उल्लेखित रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिईएको हो । उक्त रुपैयाँमा पाँच सय दरको १ हजार वटा भारतीय नोट रहेको छ।
नियन्त्रणमा लिईएका उनलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि राजश्व चुहावट नियन्त्रण कार्यालय कोहलपुरमा बुझाईएको छ।