मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

हर्कराज राई प्रतिनिधि सभाको सचिवमा नियुक्त

मंगलबार, पुष १६ २०८१

काठमाडौं । हर्कराज राई प्रतिनिधि सभाको सचिवमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राईलाई सचिव नियुक्त गरेका हुन्।

प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त थियो।

सभामुख देवराज घिमिरेले गत आइतबार राष्ट्रपति पौडेलसँग भेट गरी संविधानको धारा १०६ बमोजिम सचिव नियुक्तिका लागि सिफारिस गरेका थिए।