मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

सीडीएससीको प्रमुख कार्यकारीमा पन्दाक

सोमबार, पुष १५ २०८१

काठमाडौं । धितोपत्र कारोबार राफसाफ कम्पनी सिडिएस एण्ड क्लियरिङको प्रमुख कार्यकारी अधिकृत (सीईओ )मा प्रविन पन्दाक नियुक्त भएकी छन् । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले पन्दाकलाई प्रमुख कार्यकारीमा नियुक्त गरेको हो।

यसअघि सिडिएससीकै सञ्चालक रहेकी पन्दाकलाई आगामी चार बर्षै कार्यकालको लागि प्रमुख कार्यकारीमा नियुक्त गरेको कम्पनीले जानकारी दिएको छ । यसअघि उक्त कम्पनीको प्रमुख कार्यकारीमा पुर्णप्रसाद आचार्य रहेका थिए । उनको कार्यकाल सकिएको झण्डै तीन महिनापछि कम्पनीले नयाँ प्रमुख कार्यकारी अधिकृत पाएको हो।