मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

शुक्रबार, पुष १२ २०८१

काठमाडौं । रोल्पाको १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरको अभियोगमा सुनछहरी गाउँपालिका-४ सिउरी बस्ने २२ वर्षीय हर्क बहादुर पुन मगरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

हर्क बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कुलेलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।