बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

चक्लेट बोकेको म्याजिक भ्यान नियन्त्रणमा

बिहिबार, पुष ११ २०८१

काठमाडौं । पर्सा जिल्लाको वीरगंज महानगरपालिका–१४ पावरहाउस चोकबाट पौष १० गते सशस्त्र प्रहरीले विभिन्न किसिमका चक्लेट बोकेको म्याजिक भ्यान नियन्त्रणमा लिएको छ।

भारतबाट अवैध रुपले ना १ ज ७८४५ नम्बरको म्याजिक भ्यानमा राखी नेपालतर्फ ल्याउँदै गरेको चक्लेट प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट सशस्त्र प्रहरी नायव उपरीक्षक लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको सुरक्षा फौजले नियन्त्रणमा लिईएको हो।

बरामद चक्लेट तथा भ्यान आवश्यक कारवाहीको लागि सम्बन्धित नियकायमा बुझाईएको छ । बरामद चक्लेट तथा भ्यानको भन्सार दाखिला मुल्य १० लाख रुपैयाँ रहेको छ । गाडी चालक भने फरार रहेका छन्।