काठमाडौं । दाङको गढवा गाउँपालिका–५ कक्रहवास्थित सडकमा रा.१ ह ५९०४ नम्बरको अटो अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार राजपुर गाउँपालिका–३ भैसहवा बस्ने ५० वर्षीय तुलाराम विकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बागलुङको गल्कोट नगरपालिका–८ जोईढुङ्गास्थित सडकमा लु.३ च १८९१ नम्बरको बोलेरो पिकअप अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा बोलेरोमा सवार नवलपरासी पूर्व कावासोती नगरपालिका–३ बस्ने ५१ वर्षीय सुर्य बहादुर भण्डारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नगर अस्पताल गलकोटमा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कपिलवस्तुको वाणगंगा नगरपालिका–१० मझौवास्थित सडकमा लु.३८ प ४१४१ नम्बरको मोटरसाइकल बुधबार साँझ दुर्घटना हुँदा चालक शुद्धोधन गाउँपालिका–४ बस्ने ३२ वर्षीय अक्रम हुसेनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमशन अस्पताल मणिग्राम बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो।
पर्साको वीरगंज महानगरपालिका–२५ बहुअरीस्थित सडकमा हाल नम्बरको नखुलेको सवारी साधनले ना.२५ प ९०९१ नम्बरको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार बारा सुवर्ण गाउँपालिका–२ कवही टोल बस्ने प्रमोद मिश्राको छोरा १६ वर्षीय राज मिश्राको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई हाल फरार रहेको सवारी साधनको खोजी गरिरहेको छ।
खोटाङको केपिलासगढी गाउँपालिका–३ राखी तापखोलास्थित सडकमा ना.१ ज ७१८१ नम्बरको सुमो बुधबार दिउँसो दुर्घटना हुँदा सुमोमा सवार सोही गाउँपालिका–१ बस्ने ७३ वर्षीय दुर्गा प्रसाद राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।