मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

हत्या गरेको अभियोगमा पक्राउ

आइतबार, पुष ७ २०८१

सर्लाही । लालबन्दी नगरपालिका–१५ तीनतले देउराली बस्ने ६५ वर्षीया विष्णुमाया बम्जनको हत्या गरेको अभियोगमा ईश्वरपुर नगरपालिका–१२ घारिबथान बस्ने ४८ वर्षीय बीर बहादुर मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ।

बीर बहादुरले मंसिर २८ गते राति ढुङ्गा प्रहार गर्दा बिष्णुमाया गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट परवानीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएकी बिष्णुमायाको लालबन्दीस्थित म्याक्स हस्पिटलमा थप उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।