काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–३२ मझुवाबाट अवैध लागूऔषध गाँजा करिब ३ किलो ५० ग्राम सहित धादिङ गल्छी नगरपालिका–७ बैरेनी बस्ने ५० वर्षीय रण बहादुर तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा।२ ख ४१५४ नम्बरको हाईसलाई जाँच गर्ने क्रममा हाईसमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।
जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानी नजिकै सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय सुरेन्द्र डाँगी समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
झापाको दमक नगरपालिका–२ बस्ने इलाम माङ्सेबुङ गाउँपालिका–४ माचेबुङ ठेगाना भएका २४ वर्षीय रोदन लिम्बुलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय मिलिग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी झापाको मेचीनगर नगरपालिका–६ कालिखोला सरस्वती टोल बस्ने ४१ वर्षीय रूपेश पाख्रिनलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम र नगद १२ हजार ३ सय ११ रूपैयाँ सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । साथै उक्त लागूऔषध खरिद गर्न आएका सोही ठाउँ बस्ने ३२ वर्षीय डिक बहादुर मगरलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी झापाको बुद्धशान्ति गाँउपालिका–३ धिमाल टोल बस्ने २९ वर्षीया दुर्गा धिमाललाई अवैध लागूऔषध गाँजा ४ किलोग्राम, २ हजार ३ सय ६० भारतीय रूपैयाँ, ३ लाख ६ हजार ८ सय ७० नेपाली रूपैयाँ, तराजु १ थान र मोबाइल १ थान सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो।
कपिलवस्तुको बाणगंगा नगरपालिका–७ मोतिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्राम सहित सोही नगरपालिका–९ चौवाँ बस्ने २५ वर्षीय मौसम गुरूङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी कपिलवस्तुको कपिलवस्तु नगरपालिका–९ निगाली चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ४ सय ५० मिलिग्राम सहित सोही नगरपालिका–११ जहदी बस्ने २९ वर्षीय जलन्धर केवटलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।