मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

४२ औं आइजिपि रनिङ शिल्ड फुटबल प्रतियोगिता शुरू

आइतबार, पुष ७ २०८१

काठमाडौं । नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा ४२औं आइजिपि रनिङ शिल्ड फुटबल प्रतियोगिता, २०८१ आइतबारबाट शुरू भएको छ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले रेफ्रीलाई फुटबल हस्तान्तरण गरी उक्त प्रतियोगिताको उद्‍घाटन गरे।

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक गिरीले नेपाल प्रहरीको खेलकुद क्षेत्रलाई गतिशील एवम् सशक्त बनाउन विभिन्न आन्तरिक प्रतियोगिताहरू संचालन गर्दै आइरहेको उल्लेख गर्दै आगामी दिनमा खेलकुद प्रतियोगिताहरूलाई अझै प्रभावकारी बनाउन तथा नयाँ प्रतियोगिताहरू संचालन सहितको योजना तयार गर्ने प्रयास भइरहेको बताए । साथै प्रतियोगितामा सहभागी टिमहरूलाई खेल अनुशासन कायम राखि आफ्नो कौशल प्रदर्शन गर्न समेत उनले आग्रह गरे।

कार्यक्रममा प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेलले स्वागत मन्तव्य एवम् प्रतियोगिता सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए।

पुस १६ गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको साथै सातवटै प्रदेश प्रहरी कार्यालयका टिमको सहभागिता रहेको छ।