बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सिद्धार्थ बैंक र एसियन लाईफ इन्स्योरेन्सबीच सम्झौता

बिहिबार, चैत्र १४ २०७५

काठमाडौं चैत, १४–
सिद्धार्थ बैंक लिमिटेड र एसियन लाईफ इन्स्योरेन्स लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ ।  सम्झौतापत्रमा, बैंककातर्फबाट सहायक महाप्रबन्धक अर्जुनभद्र खनाल र इन्स्योरेन्सका तर्फबाट का.मु.नायब प्रमुख कार्यकारी अधिकृत मुरारीराज हुमागाँइले हस्ताक्षर गरेकाछन् । त्यस्तै सिद्धार्थ बैंकका सहायक महाप्रबन्धक खनालले आगामी दिनहरुमा, एसियन लाईफ इन्स्योरेन्स लिमिटेडमा बीमा गर्ने ग्राहकवर्गहरुलाई आवश्यक बीमा सम्बन्धी सेवा तथा सुविधा सिद्धार्थ बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट  उपलब्ध हुने बताए । 
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले देशभर एक सय ४६ वटा शाखा (तीन वटा एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, एक सय ५९ एटिएम र १२ सय भन्दा बढी पस मेसिनमार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।