बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सिद्धार्थ प्लाटिनम बचत खाता खोल्दा फाइदै फाइदा

बुधबार, चैत्र १३ २०७५

काठमाडौ चैत, १३–
ग्राहकहरुको माग बमोजिम नविनतम वित्तिय सेवाहरु सरल र सहजरुपमा उपलब्ध गराई ग्राहकहरुको सन्तुष्टि र सरोकारवालाहरुको मन जित्दै देशको अग्रणि बैंक बन्ने परिकल्पना अनुरुप डेढ दशक अघि स्थापना भएको सिदार्थ बैंकले ग्राहकहरुलाई थप सुविधा पु¥याउन विभिन्न आकर्षक सुविधाहरु सहित सिद्धार्थ प्लाटिनम बचत खाता सञ्चालनमा ल्याएको छ । 
खाता खोल्दा सिद्धार्थ बैंकको डेविट कार्ड प्रयोग गरी देशभरि रहेका जुनसुकै बैंकको एटिएमबाट रकम निकाल्दा अतिरिक्त शुल्क नलाग्न, .देशभरि रहेका ४५० भन्दा बढी युुएनओ साझेदार केन्द्रहरुमा ४० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने युुएनओ क्रेडिट कार्ड निशुल्क प्राप्त गर्न सकिने, आकर्षक छ दशमलव पाँच प्रतिशत वार्षिक ब्याजदर पाईने तथा बैंकको देशभर रहेका एक सय ४६ शाखाहरुबाट वा अनलाइन लिंकमा गई सजिलैसँग खाता खोल्न सकिने लगायतका सुबिधाहरु उपलब्ध हुुने बैंकले जानकारी दिएको छ ।