बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सशस्त्र प्रहरीका हवल्दार मृत अवस्थामा भेटिए

बुधबार, चैत्र १३ २०७५

काठमाडौं चैत, १३–
 कीर्तिपुरमा सशस्त्र प्रहरी बलका हवल्दार मृत फेला परेका छन्। बुधबार तनहुँका साराबहादुर विक कीर्तिपुर त्रिभुवन विश्वविद्यालयको आयुर्वेदिक क्याम्पसनजिक मृत फेला परेका हुन्। सशस्त्र प्रहरीका  वरिष्ठ हवल्दार उनी १५ नम्बर गण कालीञ्चोकमा कार्यरत थिए।
 प्रहरीले बिहान पौने ६ बजे उनको शव फेला परेको जनाएको छ। सडकबाट केही तल घिस्रिएर ढलेको अवस्थामा उनको शव भेटिएको थियो । कीर्तिपुर प्रहरीले पोस्टमार्टमका लागि उनको शव  टिचिङ अस्पताल लगिएको  जनाएको छ। प्रहरीका अनुसार मुटुरोगी रहेका विकको  शरीरमा कुनै चोटपटक देखिएको छैन ।