शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

एनएमबि बैंकलाई एसिया प्यासिफिक वीप्स अन्तर्गतको लैङ्गीक समावेशी कार्य स्थलको अवार्ड प्राप्त

शुक्रबार, मंसिर २१ २०८१

काठमाडौं । एनएमबि बैंकलाई २०२४ को युएन वमुन एशिया–प्यासिफिक वीप्स अवार्ड अन्तर्गत लैङ्गिक समावेशी कार्यस्थल कायम गर्ने पहललाई सम्मान गर्दै यो विशेष अवार्ड प्रदान गरेको छ । यो सम्मान लैङ्गिक समानता र सामाजिक समावेशीकरण प्रवर्दन गर्ने एनएमबि बैंकको पहलहरूको सम्मान स्वरुप प्राप्त गरेको अवार्ड हो।

युएन वमुन र युएन ग्लोवल कम्प्याक्टद्वारा कार्यस्थल, बजार र समुदायहरूमा महिला सशक्तीकरण गर्दै लैङ्गिक समानता प्रवर्द्धनका लागि विश्वव्यापी मापदण्डहरू निर्धारण गरेको छ । एनएमबि बैंकले ती विश्वव्यापी मापदण्डहरू कार्यान्वयन गर्नकालागि बैंकको तर्फबाट सक्दो प्रयास गरेको छ । ती प्रयासहरुमा सी लिड्स टुमारो स्कलरसिप, एनएमबी नेक्स्ट जेन बैंकिङ लिडरसिप स्कलरसिप महिलाको नेतृत्वमा सबै महिला कर्मचारीद्वारा सञ्चालीत शाखाहरू, महिला नेतृत्व विकाशका कार्यक्रमहरू र सामाजिक समावेशीकरणमा केन्द्रित ऋक्च् गतिविधिहरू रहेका छन्

यस अवार्डले एनएमबि बैंकलाई विश्व बजारमा वीप्स अन्तर्गतको युएन वमुनद्वारा मान्यता प्राप्त पहिलो नेपाली संस्थाको रूपमा उभ्याएको छ । एसिया–प्यासिफिक देशका ६०० भन्दा बढी आवेदक संस्थाहरू मध्यबाट यो विशेष अवार्ड बैंकलाई प्रदान गरेको हो।

यस अवार्डले एनएमबि बैंकलाई निरन्तररुपमा समावेशी र दीगो विकाश गर्ने आफ्नो उद्देश्य प्राप्त गर्दै अघी बढ्न प्रोत्साहान मिलेको छ । एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।