काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैकले बुधबार काठमाडौंको भद्रकालीस्थित आर्मी अफिर्सस क्लवमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो।
सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको सभापतित्वमा सम्पन्न सो साधारण सभाले अघिल्लो आर्थिक वर्ष २०८०÷८१ को मुनाफाबाट सञ्चालक समितिद्वारा प्रस्तावित चुक्ता पुँजीको पाँच प्रतिशत नगद लाभांश (कर सहित) दिने प्रस्तावलाई अनुमोदन गरेको छ।
बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोड २५ लाख ७५ हजार सात सय रुपैंयाँ रहेको छ । सभामा अध्यक्ष श्रेष्ठले बैंकले अघिल्लो आर्थिक वर्ष २०८०÷८१ मा कर्जातर्फ ३० अर्ब ८६ करोड वा १८ दशमलव ९२ प्रतिशतले वृद्धि गरी कुल एक खर्ब ९३ अर्ब र निक्षेपतर्फ ३६ अर्ब ९४ करोड अर्थात २० दशमलव ६९ प्रतिशतले वृद्धि गरी कुल दुई खर्ब १५ अर्ब ५१ करोड पु¥याएको छ । बैंकले सञ्चालन मुनाफामा पनि गतवर्ष भन्दा १७ दशमलव ७२ प्रतिशतले बृद्धि गरी कुल सात अर्ब ५१ करोड आर्जन गरेको छ । उनले सेयरधनीहरुमाझ भने, यसले दीर्घकालिन रुपमा आफ्ना सेयरधनीहरुलाई बैंकले दिन सक्ने उच्चतम प्रतिफल प्रदान गर्न संस्थाको आर्थिक क्षमता अभिबृद्धि गर्दै लगेको र आगामी वर्षहरुमा सेयरधनीले प्राप्त गर्ने लाभांश बढाउँदै लैजान बैंकले बलियो रणनीति लिएको जानकारी समेत दिए।
साधारण सभामा सेयरधनीहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्जिव मानन्धरले बैंकले प्रतिकूल परिस्थितिका बीच निक्षेप तथा कर्जा प्रवाहका साथै खुद ब्याज आम्दानी, शुल्क र कमिशन आम्दानी एवं गैह्र कोषमा आधारित अन्य आम्दानी समेतमा उल्लेखनीय बृद्धि गर्दै लगेको जानकारी गराए।