बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

भारतीय एसएसबीद्वारा कञ्चनपुरमा सडक निर्माणमा अवरोध

शुक्रबार, चैत्र ८ २०७५

कञ्चनपुर चैत, ८–
 भारतीय पक्षले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रम्हदेवमा   सडक निर्माणमा अवरोध गरेको छ । 
भारतीय पक्षले शुक्रबार ब्रम्हेदव–टनकपुर जोड्ने नेपाल तर्फको जमिनमा सडक कालोपत्रे गर्दा  अवरोध गरेको हो ।  भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथले आफ्नै भूमिमा सडक निर्माण गर्दा भारतीय पक्षले अवरोध गरेको जानकारी गराए । 
 एसएसबीले विवादित क्षेत्र भन्दै निर्माण कार्य रोकिदिएको उनको भनाइ छ ।  एसएसबीका जवान आएर माथिको आदेश भन्दै निर्माण कार्य रोकेका हुन् । सडक कालोपत्रे गर्नका लागि न्यू जोशी कस्ट्रक्सनले जिम्मा पाएको थियो ।

न्यू जोशी कस्ट्रक्सनलका सञ्चालक भीमराज जोशीले शुक्रबारदेखि काम शुरु गर्ने क्रममा एसएसबीले अवरोध गरेको बताए । नेपाल तर्फको १.३८ मिटर भूमी कालोपत्रेका लागि अवरोध गरेपछि सडक कहिले कालोपत्रे हुने भन्ने विषय अन्यौल भएको छ ।

एसएसबीले काम रोकेपछि सडकमै जेसिभी राखेको उनले बताए । गत साउनमा भारतीय पक्षले टनकपुर पुलदेखि ब्रम्हदेब बजारसम्म एकलौटी सडक निर्माण गरेपछि नेपाली पक्षबाट त्यसको बिरोध भएको थियो । त्यतिबेला दुवै देशबीच आ–आफ्नो देशको जमिनमा आफैले सडक निर्माण गर्ने सहमति भएको थियो ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुुशिल बैद्यले भारतीय पक्षसँग छलफल गरे समाधान गरिने बताए ।