बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

गरिमा विकास बैंकद्धारा १८ औ वार्षिकोत्सवको अवसरमा १८ वटा कार्यक्रम सञ्चालन

आइतबार, मंसिर ९ २०८१

काठमाडौं । गरिमा बिकास बैंकले १८ औं बार्षिक उत्सव मनाउने क्रममा १८ वटा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सञ्चालन गरेको छ । एक्सीस टु अल भन्ने मूल नारालाई आत्मसाथ गर्दै ग्राहकमैत्री एवं नविनतम डिजिटल बैकिङ्ग सेवा प्रवाह गर्दै आईरहेको बैंकले मंसिर ७ गते १८ औं वार्षिकोत्सव सम्पन्न गरेको हो । देशभर विभिन्न १८ वटा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरु आयोजना गरी १८ औं वार्षिकोत्सव मनाउने उद्देश्य लिएको बैंकले शुक्रवार देशभर बिभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ।

सो अनुसार बैंकले देशका विभिन्न सात स्थानमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरी कुल पाँच सय ६२ युनिट रगत संकलन गरको छ । यस अन्र्तगत बैंकको प्रधान कार्यालय, लाजिम्पाट, काठमाडौंमा आयोजित रक्तदान कार्यक्रमबाट ७७ युनिट, क्षेत्रीय कार्यालय नारायणगढमा आयोजित रक्तदान कार्यक्रमबाट ७८ युनिट, क्षेत्रीय कार्यालय पोखरामा आयोजित रक्तदान कार्यक्रमबाट १६२ युनिट, शाखा कार्यालय बुटवलमा आयोजित रक्तदान कार्यक्रमबाट ८४ युनिट, क्षेत्रीय कार्यालय कोहलपुरमा आयोजित रक्तदान कार्यक्रमबाट ६५ युनिट, शाखा कार्यालय, इटहरीमा आयोजित रक्तदान कार्यक्रमबाट ५९ युनिट, शाखा कार्यालय र बीरगंजमा आयोजित रक्तदान कार्यक्रमबाट ३७ युनिट रगत संकलन गरेको छ । यसबाहेक ट्राफिक कार्यालय, पोखरामा ब्रेथलाइजर र रंगिन प्रिन्टर प्रदान गरेको छ भने कीर्तिपुर अस्पताल प्रवेश गर्ने स्थान र मुल सडकमा ट्राफिक व्यवस्थापनको लागि ट्राफिक डिभाइडर कोन प्रदान गरेको छ।

यसैगरी कान्ति बाल अस्पताल, काठमाडौमा वेटिङ्ग कुसी, बेनी अस्पताल, म्याग्दीमा वेटिङ्ग कुर्सी, ज्ञानज्योति आधारभूत विद्यालय लल्याङ स्याङ्गजाका विद्यार्थीहरुलाई ट्रयाकसूट,जानकी मन्दिर जनकपुरधाममा जुत्ता राख्ने ¥याक। पामनदीधाम संस्कृत गुरुकुल राम्दी, स्याङ्जामा स्टील दराज, मेची आधारभूत विद्यालय भद्रपुर ३ झापा, डोलो गाँउ (मेची नदीको पारीको गाँउ) मा बिद्यार्थीहरुको लागि जुत्ता र मोजा वितरण, रम्भादेवी प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई जाडो मौसमको पोशाक र बाल शिक्षा निकेतन आधारभुत विद्यालय वालिङ्ग ११ गब्दे, स्याङ्गजाका विद्यार्थीहरुलाई ट्रयाकसुट (स्कूल ड्रेस) वितरण गरिएको बै.कले जानकारी दिएको छ।