बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

स्वावलम्बन लघुवित्तद्वारा भिमफेदी गाउँपालिकालाई डस्टवीन वितरण

बिहिबार, फाल्गुन ३० २०७५

काठमाडौं फागुुन, ३०–
स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय भिमफेदीले मकवानपुर जिल्ला स्थित भिमफेदी गाउँपालिकाका बजार क्षेत्रमा फोहर संकलन तथा व्यवस्थापनको लागि डस्टवीन वितरण गरेको छ ।
भिमफेदी गाउंपालिकाका अध्यक्ष हिदम लामाको प्रमुख आतिथ्यमा सम्पन्न एक समारोहबीच १० थान डस्टवीन र सो को स्टयाण्ड सहित गाउंपालिकाकालाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पार्वती राना, वडा नं ५ र ६ का वडाध्यक्षद्वय जहार सिं लामा र सिताराम थापा, गाउँ कार्यपालिका सदस्य मंगलादेवी श्रेष्ठ, सरीता परियार, अपांग सरोकार केन्द्रका उपाध्यक्ष पम्फा योञ्जन, स्थानीय बासिन्दा, बुद्धिजीवि, शिक्षक, सामाजिक कार्यकर्ता, विभिन्न स्वावलम्बन महिला केन्द्रका सदस्यहरु साथै इलाका र शाखा कार्यालयका कर्मचारीहरुको उपस्थिति थियो ।  
प्रमुख अतिथि भिमफेदी गाउंपालिकाका अध्यक्ष हिदम लामाले स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले सार्वजनिक स्थलमा फोहर संकलन तथा व्यवस्थापनका लागि हस्टवीन वितरण गरेकोमा धन्यबाद दिनुहुदै वित्तीय सेवाका साथै स्वास्थ्य तथा सरसफाई लगायत वातावरण संरक्षणमा पु¥याएको योगदान प्रशंसनिय रहेको बताए । 
शाखा प्रबन्धक चिरञ्जीवी दाहालले वित्तीय संस्थाले स्थानीयसंगको सहकार्यमा सामुदायिक विकास, वातावरण संरक्षण, शिक्षा, स्वास्थ्य तथा सरसफाई लगायत अन्य सामाजिक कार्यका लागि हातेमालो गर्दै अगाडी बढ्ने बताउनुभयो । वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत आगामी दिनमा समेत विभिन्न स्थानमा समुदायसंग सहकार्य गर्दै जाने बताए ।