बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

विप्लव समूहको बन्दका कारण देशैभरको जनजीवन प्रभावित, पोखराको सभागृह चोकमा शंकास्पद बस्तु फेला

बिहिबार, फाल्गुन ३० २०७५

काठमाडौं फागुन, ३०–
 विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दले देशैभरको जनजिवन प्रभावित भएको छ ।
यता सरकारले  बन्दलाई निस्प्रभावी बनाउन राजधानीसहित देशभरको सुरक्षा व्यवस्था कडा बनाएको छ । मुख्यमुख्य चोकमा बिहानैदेखि जनपथ तथा सशस्त्र प्रहरी परिचालन भएका छन् ।

पछिल्लो समय विप्लव समूहले विभिन्न ठाउँमा गरेको विष्फोट तथा सरकारले विप्लव समूहलाई लगाएको प्रतिबन्धका कारण यो पार्टीले आह्वान गरेको बन्दको असर विद्यालयहरुमा भने देखिएको छ । शिक्षक तथा विद्यालय प्रशासनले अवस्था बुझेर विद्यालय आउनु भन्ने सन्देश विद्यार्थीलाई दिएपछि विद्यार्थी अन्यौलमा परेका छन् ।

केही विद्यालयले भने विद्यार्थीलाई छुट्टी नै दिएका छन् । तर, प्रहरीले भने सुरक्षा व्यवस्था मजबुद बनाउने दाबी गरेको छ । सर्वसाधारण नभई बन्दकर्ता डराउनुपर्ने अवस्थाको सिर्जना हुने गरी सुरक्षा व्यवस्था मजबुद बनाइने काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी वसन्तकुमार लामाले बताउनुभयो । सुरक्षार्थ सडकमा खटिएका प्रहरीहरुले पनि अहिलेसम्म कही कुनै अप्रिय घटना नघटेको जनाएका छन् ।