काठमाडौ फागुुन, २९–
घरेलुु लघुबित्त बित्तीय संस्थाले औपचारिकरुपमा कारोवार सुभारम्भ गरेको छ । नेपाल राष्ट्र बैंकबाट यही फागुन तीन गते ‘घ’ वर्गको राष्ट्रिय स्तरको इजाजतपत्र प्राप्त संस्थाको रुपमा वित्तीय कारोवार गर्ने इजाजत पाएको संस्थाले फागुुन २८ गते मंगलबार बाट विधिवत रुपमा आफ्नो कारोवार शुभारम्भ गरेको हो ।
कारोवार सुभारम्भको अवसरमा संस्थाले विभिन्न क्षेत्रका प्रतिष्ठित ब्यक्तित्वहरुबाट प्रर्वद्घित यस संस्थाले लक्षित वर्गसम्म पूगी स्तरीय सेवा प्रदान गर्न कटिवद्ध रहने प्रण गरेको छ । सोही अवसरमा संस्थाले देशका विपन्न वर्गसम्म सरल एवं सुलभ रुपमा वित्तीय सेवा उपलब्ध गराउन हरसम्भव प्रयत्न गर्ने प्रतिवद्घता समेत व्यक्त गरेको छ ।