बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्री ओलीको तयारी, अर्का अध्यक्ष प्रचण्डसँग प्रधानमन्त्रीको छलफल

मंगलबार, फाल्गुन २८ २०७५

काठमाडौं फागुन, २८–
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष  केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिमण्डल हेरफेर गर्ने बिषयमा छलफल भएको छ ।  मंगलबार अध्यक्षद्वयको बीचमा मन्त्री फेर्नेबारे छलफल भएको अध्यक्ष प्रचण्डले बताएका छन् । मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले आफू र प्रधानमन्त्रीबीच मन्त्री फर्नेबारे छलफल भएको बताएका हुन् । प्रधानमन्त्रीको मुल्यांकनका आधारमा मन्त्री फेर्न सकिने बताउँदै प्रचण्डले त्यसको पुष्टि गरेका छन् । को–को मन्त्री फेर्ने भन्ने प्रधानमन्त्रीले नै तय  अध्यक्ष प्रचण्डले बताए । 

मन्त्रीको कामको मुल्यांकनका आधारमा प्रधानमन्त्रीले मन्त्रिपरिषद्का अन्य सदस्यलाई फेर्न लागेका हुन् । केही समयअघि मन्त्रीको कामको मुल्यांकन प्रधानमन्त्री ओलीले थालेका थिए ।