बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

रुपन्देहीमा गोली चल्दा २० बर्षीय युवकको ज्यान गयो

सोमबार, फाल्गुन २७ २०७५

रुपन्देही फागुन, २७–
रुपन्देहीमा तरुण दलका सकृय कार्यक्रर्ताको गोली हानी हत्या गरिएको छ । देवदह प्रहरी चौकीका अनुसार   देवदह नगरपालिका वडा नं ५ का २० वर्षीय अमिस पुरीको गोली हानी हत्या भएको  हो । 
मोटरसाइकलमा खैरेनीबाट भलुहीतर्फ आउने क्रममा उनलाई नचिनेका मानिसको समूहले गोली हानेका थिए । गोली लागेर गम्भीर घाइते भएका पुरीलाई उपचारको लागि देवदह मेडिकल कलेज लैजादै गर्दा बाटोमै ज्यान गएको हो । प्रहरीले  हत्यामा संलग्नहरुको खोजी कार्य भइरहेको जनाएको छ ।