मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

उच्च रेकर्ड बनाएको सुनको भाउ आज घट्यो, कतिमा भइरहेको छ कारोबार ?

सोमबार, कार्तिक १२ २०८१

काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा ४ सयले घटेर तोलाको एक लाख ६७ हजारमा कारोबार भएको छ ।

यसअघि आइतबार अहिलेसम्मकै उच्च सुन तोलाको एक लाख ६७ हजार ४ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर २०६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।