बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

रोल्पामा सकेट बम भेटियो

बिहिबार, फाल्गुन २३ २०७५

रोल्पा फागुन, २३–
रोल्पामा दुईवटा सकेट बम फेला परेका छन् ।  त्रिवेणी गाउँपालिकाको कार्यालय नजिकै दुईवटा सकेट बम फेला परेका छन्। जुंगारमा रहेको कार्यालयको दक्षिणी पर्खालदेखि २० मिटर टाढा कालो पोलिथिनमा दुईवटा बम फेला परेका हुन्।

अहिले प्रहरीले  बम रहेको स्थानमा  सुरक्षा  दिइरहेको इलाका प्रहरी कार्यालय होलेरीले जनाएको छ । बम डिस्पोजका लागि नेपाली सेनासँग समन्वय भइरहेको बताईएको छ । 
 खानेपानी पाइप जोड्ने सकेटबाट निर्माण गरिएको बमको चुच्चोमा रातो तार देखिन्छ।  मंगलबार राति पर्खालभित्र रहेको गाडी तोडफोड भएको थियो। अज्ञात समूहले तोडफोड गरेको आवाज कार्यालय सहयोगीले थाहा पाएका थिए। उनले होहल्ला गरेपछि उनीहरु भागेको थिए।

गाडीमा मोबिल छर्किएको र गाडी विष्फोटक पदार्थ समेत फेला परेको गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले जनाए।