बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सिटिजन लाइफको नयाँ शाखा दोलखामा

बिहिबार, फाल्गुन २३ २०७५

काठमाडौं फागुुन, २३–
ग्राहकहरुको सुरक्षा र निश्चिन्तताको लागि नवीनतम जीवन बीमायोजनाहरु ल्याउन सदैव अग्रसर सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ६२ औं शाखा दोलखा, चरिकोटमा संचालन गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत  पोषकराज पौडेल, प्रमुख बजार अधिकृत कवि फुँयाल र दोलखा क्षेत्र नं. २ प्रदेश सभाका सांसद पशुपति चौलागाईंद्वारा संयुक्तरुपमा उक्त नयाँशाखाको समुद्घाटन भएको हो । दोलखाका स्थानिय बासिन्दाहरुलाई बीमा योजनाहरु सम्बन्धि जानकारी प्रदान गर्न तथा सहज र सरल बीमा शुल्क भुक्तानी गर्नका निमित्त उक्त नयाँ शाखा खोलिएको हो ।   
२०७४ कार्तिक देखि संचालनमा आएको कम्पनीले छोटो समयमा नेपाली लाइफ इन्स्योरेन्स कम्पनीहरुमाझ आफ्नो उपस्थिती सशक्त बनाउन सफल भएको छ । नेपालभर फैलिएको सिटिजनको ६२ वटा कार्यालयहरुमा २०० भन्दा बढी कर्मचारीहरु कार्यरत छन् । नेपालीहरुको आवश्यकता र जोखिमलाई न्यून गर्नको निमित्त विभिन्न आकर्षक जीवन बीमा योजनाहरु उपभोक्ताहरु माझ ल्याउन सदैव तत्पर सिटिजन लाइफ यस आर्थिक वर्षको प्रथम त्रैमासिकको तुलनामा दोस्रो त्रैमासिकमा बीमाशुल्क संकलनमा ६० प्रतिशत र सोही अवधिको खुद नाफामा १२० प्रतिशतभन्दा बढीले बृद्धि हुनुका साथै २०७५ पौष मसान्त सम्ममा रु. २४५ करोडको लगानीगर्न सफल भएको छ ।