बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्सेमा बल्ल भने देखियो रौनक, सबै समुहको सुचक बढ्दा सेयर बजार पुुरै हरियो

बुधबार, फाल्गुन २२ २०७५

काठमाडौं फागुुन, २२–
नेप्सेमा बल्ल भने रौनक देखिएको छ । आज बुुधबार नेप्से नौ दशमलव १२ अंकले बढेर ११ सय ११ दशमलव ७६ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ पनि दुुई दशमलव तीन अंकले बढेर दुुई सय ३६ दशमलव २८ अंकमा चढेको छ । आज एक सय ६९ वटा कम्पनीहरुको चार हजार तीन सय दुुई वटा कारोबारमा आठ लाख २६ हजार १३ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम २२ करोड ४६ लाख ६६ हजार एक सय २८ रुपैयाँ पुुगेको छ । 
आज १० वटा समुहको कारोबार भएकोमा १० वटै समुुहले कमाउँदा बजार पुरै हरियो भएको छ ।  वाणिज्य बैंक समुहको सुुचक सात दशमलव २३ अंकले बढेर नौ सय ४९ दशमलव ३१ अंकमा पुुगेको छ भने बिकास बैंक समुहको सुचक पनि १० दशमलव ८२ अंकले बढेर १४ सइ १५ दशमलव २३ अंकमा पुुगेको छ । जलबिद्युुत, फाईनान्स, निर्जिवन, जीवन बीमा, होटल, उत्पादनमुुलक, अन्य र लघुबित्त समुहको सुचक पनि बढेर हरियो भएकाछन् । 
कमाउने कम्पनीहरुको सुचीमा हाथ्वे फाईनान्स, कञ्चन डेभलपमेन्ट बैंक आदि परेकाछन् भने गुुमाउने कम्पनीहरुको सुचीमा घलेम्दी हाईड्रो पावर कम्पनी, ग्रिन डेभलपमेन्ट बैंक आदि परेकाछन् । रकम कारोबारका आधारमा भने आज नेपाल क्रेडिट एण्ड कर्मस बैक, नेपाल बैंक आदि परेकाछन् ।