काठमाडौं फागुन, २२–
पुुर्वाधार बिकास बैंकले औपचारिकरुपमा कारोबार सुभारम्म गरेको छ । बुधबार अर्थमन्त्री डा युुवराज खतिवडाबाट बैंकले औपचारिकरुपमा कारोबार सुभारम्भ गरेको हो ।
नेपाल सरकार सहित केही प्रतिष्ठित वाणिज्य बैंकहरु, बीमा कम्पनीहरु, लघुवित्त, नीजि कम्पनीहरु तथा लब्ध प्रतिष्ठित व्यवसायीहरुको संयुक्त लगानी र प्रयासबाट मिति २०७५ जेष्ठ २५ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई राष्ट्रियस्तरको पूर्वाधार विकास बैंकको रुपमा बिसं २०७५ माघ २८ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्ने इजाजत पत्र प्राप्तगरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले फागुुन २२ देखि वित्तीय कारोबार संचालनको विधिवत् शुरुवात गरेको हो ।
मुद्घाटन समारोहमा प्रमुख अतिथि अर्थमन्त्री डा. युुवराज खतिवडा, नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपाल, नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीहरु, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यलय लगायत अन्य नियमनकारी निकायहरुका उच्च पदस्थ अधिकारी, अन्तर्राष्ट्रिय निकायका प्रतिनिधिहरु विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, संस्थापक शेयरधनीहरु, बैंक संचालक समितिका सदस्यहरु संचारकर्मी तथा अन्य लब्धप्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । ४० अर्व अधिकृत पूँजी र २० अर्व रुपैयाँ जारी पूँजी रहेको बैंकमा नेपाल सरकारको १० प्रतिसत, पव्लिक लिमिटेड कम्पनीहरुको करिब ४० प्रतिशत, निजी लगानीकर्ताहरुको करिब १० प्रतिसत र बाँकी ४० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याईएको छ ।
बैंकले मुलुकको पूर्वाधार विकासमा लगानीको पहुँच सहज बनाउने उद्देश्यलाई केन्द्रबिन्दुमा राखेर प्रचलित ऐन, कानून तथा नेपाल राष्ट्र बैंकको निर्देशनको अधीनमा रही पूर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा कर्जा प्रवाह तथा शेयरमा लगानी गर्ने, परियोजनाहरुमा लगानी गर्न आवश्यक रकम जुटाउनको लागि विभिन्न प्रकारका स्वदेशी वा विदेशी मुद्रामा वित्तीय उपकरण जारी गर्ने तथा ऋण प्राप्त गर्ने, दिर्घकालीन प्रकृतिको निक्षेप स्वीकार गरी वा डिवेन्चर जारी गरी स्रोत परिचालन गर्ने जस्ता कार्यहरु गर्नेछ ।
सार्वजनीक तथा निजि साझेदारीमा स्थापना भएको यस बैंकले अन्तर्राष्ट्रिय, सार्वजनीक तथा निजी क्षेत्रहरुसँग हर सम्भव सहकार्य गरी नेपालको पूर्वाधार निर्माण कार्यलाई तिब्रता दिन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।