बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आँबुखैरेनी प्रहरीद्वारा लागुऔषधसहित एकजना पक्राउ

मंगलबार, फाल्गुन २१ २०७५

तनहुँको आँबुखैरेनीमा लागुऔषधसहित एकजना पक्राउ परेका छन् । गएको फागुन १९ गते शंकास्पद तरिकाले आँबुखैरेनी चोकमा हिँडिरहेका रमेश पुनलाई ई.प्र.का.आँबुखैरेनीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनको साथबाट डाइजेपामः ५४ एम्पुल, नुफिनः ५४ एम्पुल तथा फेनारगनः ५४ एम्पुल लागुऔषध बरामद गरिएको आँबुखैरेनी ई.प्र.काका ईन्चार्ज प्रहरी निरीक्षक महेश पाठकले बताए   ।

बागलुङ जैमनी ८ घर भई आँबुखैरेनीमा बस्दै आएका पुनको साथबाट हुवाई कम्पनीको मोबाइल एक थान समेत बरामद गरिएको प्रहरी निरीक्षक पाठकको भनाइ छ  । पक्राउ परेका पुनलाई मंगलबार तनहुँ जिल्ला अदालतबाट लागु औषध निबारण ऐन २०६३ बमोजिम मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ  ।