काठमाडौं फागुन, २१–
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री डा.शशांक कोइरालालाई पार्टीभित्रको गुट अन्त्य गर्नमा सहयोग गर्न आग्रह गरेका छन् । पार्टीभित्र रहेका गुट, उपगुटले पार्टीलाई फाइदा नपुर्याएको भन्दै सभापति देउवालाई महामन्त्री कोइरालासँग त्यस्तो आग्रह गरेका हुन् ।
मंगलबार काठमाडौमा नेपाल ट्रेड युनियन कांग्रेसको ७३ औं स्थापना दिवसको कार्यक्रममा बोल्दै सभापति देउवाले भने,‘गुटले कसैलाई पनि फाइदा गर्दैन। म गुट, उपगुट अन्त्य गर्न चाहन्छु। महामन्त्रीजी सहयोग गर्नुहोस्।’
उनले सरकारले सूचना प्रविधिसम्बन्धी विधेयक ल्याएर जनताको अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउन खोजेकोमा समेत आपत्ति जनाए । पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले सरकारले आफू प्रधानमन्त्री भएका बेला सुरू गरेका काम अहिले आफूले गरेको भनेर प्रचार गरेकोमा पनि असन्तुष्टि जनाए ।
देउवा र शशांक