सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

आइतबार, कार्तिक ४ २०८१

दाङ । ५५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गढवा गाउँपालिका–१ बडहरा बस्ने ६४ वर्षीय काशिराम नेपालीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।

नेपालीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गढवा र अस्थायी प्रहरी पोष्ट कालाकाटेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।