बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

संवैधानिक आयोगमा चार जनाको नाम अनुमोदन

मंगलबार, फाल्गुन २१ २०७५

काठमाडौं फगुन, २१–
मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले संवैधानिक आयोगमा सिफारिस चार जनाको नाम अनुमोदन भएको छ । 
 संसदीय सुनुवाइ समितिले अनुमोदन गरेका नामहरुमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, समावेशी आयोगको अध्यक्षमा डा. शान्तराज सुवेदी, मेधसी आयोगको अध्यक्षमा डा. विजयकुमार दत्त र थारु आयोगको अध्यक्षमा विष्णु प्रसाद चौधरी रहेका छन् । 

समितिले जनाए अनुसार चारै जनाको नाम सर्वसहमतिमा अनुमोदन भएको हो  । नेपाली काँग्रेसका सदस्यहरुले भने सिफारिस प्रक्रियामा प्रतिपक्ष दललाई वहिष्कार गरिएको भन्दै सुनुवाइको सम्पूर्ण प्रक्रिया नै वहिष्कार गरेका छन् ।