बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

शिक्षकहरुको प्रदर्शनमा प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार

सोमबार, फाल्गुन २० २०७५

काठमाडौं फागुन, २०–
प्रहरीले शिक्षकहरुको प्रदर्शनमा पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ । सोमबार  राहत र बालविकास शिक्षकहरुले पेशागत स्थायीत्वको माग गर्दै नयाँ बानेश्वरमा गरेको प्रदर्शमा प्रहरीले हस्तक्षेप गरेको हो । 

शिक्षकहरुले प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न लागेपछि  प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेको हो । 

प्रदर्शनका क्रममा केही शिक्षक घाइते भएका छन् । अश्रुग्यासका कारण पैदलयात्री र सर्वसाधारण पनि प्रभावित भएका छन् । प्रहरीले आइतबार पनि 
 शिक्षकमाथि  पानीको फोहोरा हानेको थियो ।